संखुवासभा ६ जनाको ह,त्या प्रकरण : मुख्य योजनाकार सहित चार जना प,क्राउ

काठमाडौं- संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको ह,त्याका मुख्ययोजनाकार सहित ४ जनालाई प्रहरीले सार्वजानिक गरेको छ।

गत भदौ २१ गते सोमबार बिहान उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स ह,त्या गरेको अवस्थामा शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । लोकबहादुर मृतक तेजबहादुर कार्कीका भतिज हुन्। सुरुमा उनले ६ जनाको आफूले नै हत्या गारेको बयान दिएपनि थप ४ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ। थप पक्राउ पर्नेहरु ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन्।

जसमा घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए। ५ जना मिलेर हत्या गरेको उनीहरुले स्वीकार गरेको दाहालले रंग दर्पणलाई जानकारी दिए।

ह,त्याको अघिल्लो साँझ ८ बजेतिर लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएका थिए । भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा हत्या गर्ने संगठित योजना बनाएर ह,त्या गरिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए।घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।