बुटवलका मेयरलाई स्थानीयले गरे मुक्का प्रहार

 

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का र लाद प्रहार गरेका छन् ।बुटवल,३ ज्योतिनगरमा गएको पहिरोको अवलोकन गर्न पुगेका सुवेदीमाथि स्थानीय युवाले मुक्का प्रहार गरेका हुन् ।

पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका हुन् ।

गत भदौ १३ गते बिहान सो स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेपछि मेयर सुवेदी पहिरो गएको स्थानमा अवलोकन गर्न पुगेका थिए। घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।