केपि ओलीको दिमागमा गोबर छ : प्रचण्ड
काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीको दिमागमा गोबर भरिएको बताएका छन।
काभ्रेको पाँचखालमा बाइसीएलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन। केपी प्रवृत्ति भनेको विचारको हिसाबले यो मास्कवादी होइन, कम्युनिस्ट होइन ,यो सामन्ती हिन्दु अतिवादी हो उन्ले भने ।
पशुपतिनाथमा जलारी चढाएको प्रसंग निकाल्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्ती जनविरोधी भएको बताए ।
चितवनको आफ्नो निर्वाचन क्षेत्रमा प्रधानमन्त्री हुँदा ओलीले राम, सीता र हनुमानको मूर्ति राखेर कम्युनिस्ट चरित्र विरोधी काम गरेको समेत उनले बताए ।
नेकपा ओलीले फुटाएको नभएर ओलीलाई नेकपाको ७० प्रतिशत सदस्यहरुले पार्टीबाट निस्कासन गरेको समेत उनले दाबी गरे । अहिले माओवादीकै पहलमा विगतमा पार्टीबाट छुटिएर अलग रहेका सबैसँग छलफलमा रहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराइ, उपेन्द्र यादवसँग निरन्तर छलफल भइरहेको र अब चाँडै एउटै कम्युनिस्ट केन्द्र बनाउने शक्तिशाली कम्युनिस्ट निर्माण गर्न पार्टी एकताको झन्डा उठाउने छलफल भैइरहेको बताए ।

