Gold
Bangad salyan

आगामी चुनावमा प्रचण्ड संग चुनाव लड्न तयार छु : बादल

काठमाडौँ- माओवादीबाट एमाले प्रवेश गरेका नेकपा (एमाले)का नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। नेता थापाले आगामी निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ हुन सक्छ। यो विषयमा अहिले पार्टीले निर्णय गरिसकेको छैन।

आगामी दिनमा चुनावमा पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।प्रचण्ड र बादल दुवै चितवनका हुन् ।नेता थापाले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाए ।

उनले सभामुख अग्नि सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको हुँदा आफ्नो पार्टीले विरोध गर्नुपर्ने बताए। यस्तै बादलले एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताए ।