Gold
Bangad salyan

वाईसीएल नेपालको बनस्थली चोक बाट सरसफाई अभियान सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालले काठमाडौं महानगरपालिका १६ वडा.न बनस्थली चोकबाट सरसफाई अभियान सुरु गरेको छ।योङ्ग कम्युनिस्ट लिग नेपाल वडा.न १६ ले सरसफाई आयोजित गरेको थियो।

अभियानमा वाईसीएल नेपालका पुर्व अध्यक्ष नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुर्व मन्त्रि गणेश मान पुन ,वाईसीएल नेपालका काठमाडौँका संस्थापक कमाण्डर अखिल नेपाल खेलकुद महासंघ अध्यक्ष शिव कोईराला (ज्वाला) ,नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर पालिका अध्यक्ष रबिन्द्र श्रेष्ठ सहितको उपस्थित रहेको युवा नेता धिरज उपरकोटीले बताए।

तस्विर : धिरज उपरकोटीको सामाजिक संजाल फेसबुकबाट