surkhet

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लैजाने तयारि

surkhet

असोज १२ ,काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि भाेलि बुधवार थाइल्यान्ड लगिने भएको छ ।थप उपचारका लागि उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।

पुन लामो समयदेखि कमलपित्त रोगबाट पीडित छन्। नेता पुनलाई कमलपित्तको मात्रा बढ्ने वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरमा रहेकाे सुमेरु अस्पतालमा उपचार गरिएको थियो। पुनको स्वास्थ्य अवस्था बुझ्न हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेका थिए।

Gorkha

प्रचण्डले नै उपचारको लागि थप कदम चाल्न सुझाव दिएपाछी पुनलाई भोलि बैंकक लैजाने तयारि भईरहेको पुनका स्वकीय सचिव सन्तोष पुनले बताए। पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुनले भाेलि बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गरेका छन्।

Dailekh

उनको थाइल्यान्डकाे बु्रमुङगार्ड अस्पतालमा उपचार हुने छ। यस्तै पुनललाई यस्तै समस्या देखिएपछि चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।

salyan