माधव नेपाललाई अचानक के भयो अस्पताल भर्ना

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

नेपाल बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ। ज्वरो र खोकीको समस्याका कारण उनि अस्पताल भर्ना भएका हुन्।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ ।यस्तै उन्को स्वास्थ अवस्थालाई ख्याल गर्दै भेट घाट बन्द गरिएको पनि श्रोतले जनाएको छ ।