थप ६ सय ७२ जनामा कोरोना भाइरस पुष्टि
कार्तिक १० काठमान्डौ – गत २४ घन्टामा नेपाल भरीबाट थप ६ सय ७२ जनामा कोरोना भाइरस पुष्टि भ एको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पीसीआर परीक्षणबाट ५ सय ८२ र एन्टिजेन विधिबाट ९० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९५ जना संक्रमण मुक्त भएका छन्।
यस्तै थप ८ आठ जनाको कोरोनाबाट ज्यान गएको छ। यो सहित नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३ सय ८० पुगेको छ ।हाल देशभर १० हजार ३ सय ७५ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये दुई सय ५४ जनाकाे आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।