गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहोरो झडप

रौतहट – रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन भने केहि प्रहरी पनि घाईते भएका छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए । जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाका अनुसार भने नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताए ।