Gold
Bangad salyan

आज थप १८३ जनामा कोरोना संक्रमण फेला

कार्तिक १९ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट थप १८३ जनामा कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ । यस्तै गत २४ घन्टामा ६४९ जना संक्रमणमुक्त भएका छन्। यो संगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ। २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको ।

यो सहित हाल सम्म नेपालमा कोरोनाबाट मर्नेको संख्या ११ हजार ४३८ पुगेको । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् ।

जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।