स्वास्थ्य मापदण्ड पालना गर्दै खुसियालीका साथ पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह
कार्तिक २० ,काठमान्डौ – स्वास्थ्य मापदण्ड पालना गर्दै खुसियालीका साथ पर्व मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्। भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले अझै पनि नेपालमा कोरोनाको संक्रमण रहेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्दै भाईटिका लगाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् ।
यस्तै देउवाले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।


