सल्यानमा बस दुर्घटना मृतकको संख्या १२ पुग्यो

काठमाडौं- सल्यानमा भएको बस दुर्घटनामा मर्ने हरुको संख्या १२ पुगेको छ। सल्यानबाट यात्रु बोकेर दाङ तर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका,५ खारखोला सल्लेमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमानै ज्यान गएको र अन्यलाई उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सल्यानले जनाएको छ।

तिहार मनाएर घर फर्किनेहरु दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए। बस दुर्घटना भई यौटा घरमा पुगेको र सडकदेखि १५० मिटर तल खसेको उनले बताए।गाडीमा ३० जना सवार रहेको ७ जनाको अवस्था अझै गम्भीर रहेको डिएसपी थापाले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका,-६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका-५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका-१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका-२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका -३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् ।

त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सबैको शव जिल्ला अस्पताल सल्यानमा राखीएको उनले थापाले बताए।गम्भीर घाईतेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत र नेपालगंज लगिएको थापाले बताए।