कोरोनाबाट थप ९ जनाको मृत्यु

कार्तिक २१ काठमाडौं- गत २४ घन्टामा नेपालभरीबाट थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१,९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण पुष्टि भएको हो। २४ घन्टामा ५६३ जना डिस्चार्ज भएका छन् यो संगै ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै हाल सम्म कूल कोरोना संक्रमणको संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । कोरोनाबाट हाल सम्म मृतकको स्नाख्या ११ हजार ४४८ पुगेको । मन्त्रालयक अनुसार हाल देशभरमा सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् ।

जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयको तथ्यांक छ।