Gold
Bangad salyan

कर्णाली बासीले आगामी सरकारमा देख्न चाहेका जनप्रीय एबं विकासवादी प्रतिनिधी

कार्तिक २२ ,काठमान्डौ – ठम्मर बिष्ट जनताको माझ जानेमाने आएकै नाम हो । ३५ बर्षे राजनैतिक जिबनमा बामपंथी ब्यागग्राउण्ड वाट माओवादीको जनयुद्धमा होमीएका बिष्टले कहीले पनि राजनितीमा पछाडी फर्केर हेर्नु परेन ।

सुरुवाती चरणमामा ओवादीको पार्टी संगठनमा प्रबेश गरेका बिष्ट युद्धरत अवस्थामानैं जिल्ला सरकारको सदस्य र जिल्लाका बिभीन्न क्षत्रमा इन्चार्जसीप को भुमीका समेत निर्बाह गरे ।

संघर्षको रुप युद्ध र संगठनको स्वरुप सेना भन्ने मुल नारा अंगीकार गरीरहेको स्थितीमा तत्कालीन अवस्थामा भेरी कर्णाली राज्यको नेतृत्वको रोजाइमा बिष्ट सुर्खेतवाट रोजाइमा परे र तत्कालीन भेरी कर्णाली राज्य जाजरकोटको मोडेल जिल्लामा सचिवालयको रुपमा काम गर्नु का साथै उनिले ब्रिगेटर को रुपमा काम गर्ने अबसर पनि पाए छोटै समयमा त्यहा उनले कुशल संगठनको भुमीका समेत प्रदर्शन गरेर देखाए ।

उनि त्यहावाट अपग्रेड हुदै भेक पार्टी ब्युरो सदस्यको रुपमा समेत पार्टीले मनोनित गर्न पुग्यो । घनघोर युद्ध चर्किदै जांदा सपुर्ण युवा मिलीसीया सैन्यकरण भैरहदा सेना भित्र योग्य कमाण्डरहरुको खांचो हुन्थ्यो त्यही पार्टीको आदेशलाई आत्मसाथ गर्दै उनि प्रारम्भमा जनमुक्ति सेनाको कंपनी कमीसारको रुपमा मोडेल जिल्लावाटसेनामा स्थानान्तरण भए ।

त्यहा पनि उनले पहलकदमी लिदै सुरुमा आठौं ब्रिगेडर को आर्टिलरी एबं प्रशाशनिक बिभाग र पछी सातौं डिभीजनमा बटालीयन कमीसार एबं डीभीजन चिफ एड्मीष्ट्रेटरको रुपमा काम गरे । त्यस प्रक्रियामा उनि सैन्य ब्युरो सदस्य समेत भए ।

उनि त्यहा पनि धेरै समय रहन पाएनन । तुरुन्तै उनको माग हतियार तथा सेना समायोजन समिती जेएमसीसीमा भयो । एकातिर कुल संगठक र कमाण्डर अर्कोतिर माओवादी युद्धमा संमाहीत हुनु भन्दा अघी उनि केही सरकारी र गैर सरकारी संस्थाहरुमा कामको अनुभवले पनि उनलाई त्यस स्थानमा केन्द्र पार्टीले छनौट गरेको हुनु पर्छ ।

संयुक्त राष्ट्रसंघीय नेपाल मीशन यूएनओले नेतृत्व गरेको देशको पांचवटा कमाण्ड मध्य उनि सुदुर पस्चिमको सेक्टर कमाण्डर समेत भएर नेतृत्व गरे । सेना तथा हतीयार समायोजनमा बिदेशी आर्मी अफीसर र पोलीटीसीएनहरुसंगको उनको काम गराइले त्यहा पनि छोटै समयमा चर्चा र प्रभाव बटुल्न उनि सफल भए र जनमुक्ति सेना र माओवादी पार्टी फरक धातुले बनेको कुराको प्रभाव छोड्न उनि सफल भए । सेना समायोजन भैसकेपछी भने उनि पोलीटीकल फील्डमामा सीफ्ट भए र यहा पनि उनको गति रोकीएन ।

२०६९ सालमा जनमुक्तिसेनावाट सिफ्ट भए संगै झण्डै एक बर्षको तयारीले उनि २०७०को संसदिय चुनाबमा सुर्खेत क्षत्र नं १ वाट नेकमा माओवादी केन्द्रवाट उम्मेदवार भए । एद्यपी प्रतिकुल स्थितीका बिच कमसेकम पार्टीको बलीयो उपस्थिती जनाउन आफ्नो निर्बाचन क्षेत्रमा सफल भए ।

त्यसको ठिक चार बर्ष पछी २०७४ मा उनि एमाले र माओवादी संम्मीलीत गठबन्धनवाट पार्टीको उम्मेदवार भए । झण्डै गठबन्धन भन्दा दुइ हजार मतले अगाडी रहेको कांग्रेसलाई जिल्ल पार्दै २२० लाइट मतले बाजी मार्न सफल भए । यिनीको चर्चा त झन तब सुरु भयो जब उनको प्रदेश सभामा इन्ट्री भयो ।

जनताका आधारभुत मुद्धा उठाउने देखी कानुन र ऐनमा गर्नु पर्ने सुधारलाई लिएर संसद भित्र समेत उनि कार्वाही भोग्न तयार भए भने उनको आफ्नै संसदीय दलमा समेत अन्र्तसंघर्ष चल्यो । अहीले सम्मको उनको संबोधननैं प्रदेश सभामा सबैभन्दा लाइक, भ्यूज र कमेन्टको रुपमा दर्ज भैसकेको मात्र छैन उनि सुर्खेत राजधानी देखी प्रदेश र अन्तराष्ट्रमा समेत चर्चा बटुल्न सफल भए ।

उनले उठाएको दल भित्रको रुपान्तरण सहीतको अंतरसंघर्ष जायज भए पनि बिभीन्न कारणले नेकपा बिभाजन हुने स्थिती सम्म पुग्दा उनको त्यो अंर्तरसंघर्ष को पभाजनमात पर¥यो नैं अर्कोतिर पार्टीलाई शुुद्धीढ बनाउन अंर्तरसंघर्ष रामबाण भए पनि यसको छेउटुपो थाहा नपाउने केही मानिसले गलत तरीकाले समेत सबल पार्टी निर्माणको उनको पबित्र भावनालाई अर्थयाउन समेत पुगे ।

जेहोस प्रदेशमा चाहे जनताका सरोकारका बिषय हुन वा बिकास निर्माणमा पहल लिने हीसाबले होस उनको चर्चा कुनै दिन पनि सेलाएन ।आजका दिन सम्म पनि आफ्नो पार्टी संबद्ध कार्यकर्ता र समर्थकले त प्रशंशा गर्नु स्वाभाबिक नैं भयो , कांग्रेस एमालेको तहमा पनि उनको लोकप्रीयता कम छैन । उनै बिष्ट संग कर्णाली प्रदेशमा सरकार बिस्तारको गर्मागर्मी चलीरहेको बेला सरकारमा उनको सहभागीताको बिषयलाई लिएर केही जिज्ञासा राखेका छौं ।

प्रस्तुत छ हाल नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक समेत रहेका सांसद ठम्मर बिष्ट संग टेलीफोन अन्तरबार्तामा आधारीत प्रश्नोत्तरका केही अंश ।

१) तपाइको दल नेता महेन्द्र बहादुर शाहीले एकाएक राजीनामा दिनु भयो । यसलाई तपाइले कसरी लिनु भएको छ ?

– यो स्वाभाबिक प्रक्रिया हो । हीजो एकातिर माओवादी सरकारलाई साथ दिने क्रममा नै केही जेन्टीलमेन एग्रीमेन्ट भएको थियो भने अर्कोतिर केन्द्रिय तहमा कांग्रेसको अली बढी नैं रोजाइको प्रदेश बन्न पुग्यो । यही कारणले कतै कोडीशनमा समस्या नआओस भनेर इमान्दारीताका साथ मुख्य मन्त्रि ज्यु पछी हटेको स्थिती हो ।

२) तर मुख्यमन्त्रि बाहेक मन्त्रिमण्डल बिस्तार हुन नसक्नु मा के गठबन्धनको असफलता देखीदैन र मन्त्रिको भागबण्डाले अड्चन आएको भन्ने छ नि त्यस्तै हो र ?

– तपाइको प्रश्नले नैं पुष्टि गर्छ गठबन्धन भने पछी पार्टी पार्टीमा छलफल हुन पर¥यो त्यसपछी गठबन्धनको बिचमा छलफल भएर बिषयको टुंगो लाग्ने हो । जहां सम्म संख्यामा बिबाद भएको भन्ने पनि सांचो होइन । यसमा किलीएर नैं छ नि ।

हीजो नेकपा हुदा समेत २ मन्त्रालय लिएर माओवादीले नेतृत्व गरेको स्थिती हो । अहीले को सत्ता केमेष्ट्री हेर्दा ४ मन्त्रालय माओवादी ठुलो दलको हैसीयतले, दोश्रो मुख्य मन्त्रि सहीत एक मन्त्रालय कांग्रेस र अरु दुइ मन्त्रालय एसपाले पाउने गरी यस्तै यस्तै गणीतमा बिषय टुंगीन्छ । एद्यपी समग्र गठबन्धनको एकतामा असर नपर्ने गरी केही तलमाथि गर्नैई पर्ने स्थिती आयो भने सबै बिषय सहजतामानैं टुंगीन्छ ।

३) तपाई एउटा बौद्धीक र जनप्रीय छबि बनाइ सकेको प्रतिनिधी हो तपाइको सत्तामा आगमनको संभावना कत्तिको छ र कि यो चोटी पनि हात्ति आयो हात्ति आयो फुस्सा हुने हो ?

– हाम्रो अघी निर्बिकल्प रुपमा बर्गीय आन्दोलन एबं पार्टीको शाखलाई बढाउनु पर्ने बाद्यता छ । म स्वयं बलीयो प्रतिपक्ष भएकै अवस्थामा श्वयत इलाकावाट ठुलो संघर्षकासाथ अकल्पनिय चुनाब जितेर आएको अवस्था र मैले निभाएको ४ बर्षको प्रदेश सभाको भुमीकालाई हेर्ने हो भने म अरु संग तुलनात गर्न चहान्न त्यो राम्रो पनि हुदैन, सरकार बाहीर हुदा पनि मेरो निर्वाचन क्षेत्र, सुर्खेत जिल्ला र समग्र प्रदेशमा पार्टीको शाखलाई कायम राख्नमा मेरो भुमीका उल्यख्य रहेको कुरा सार्बजनिक नैं छ ।

यसकारण पार्टी क्रान्ति, योग्यता, क्षमता आदिलाई मानेर पार्टीलाई केन्द्रमा राखेर निर्णय हुन्छ भने १ नं काउन्ट नैं म वाट हुन्छ भन्नेमा म बिश्वस्थ छु । अरुनैं आधार बनाइएछ भने म भन्न सक्दिन । बिगत ४ बर्षको सरकारमा सहभागी कतिपय बिबादित मन्त्रिको कारणले सरकारको गतिमा समेत असर परेको कुरात घाम जस्तै छर्लङ्ग छ ।

फेरी यस्तो गल्ति पार्टीले दोहोरयाउछ जस्तोत मलाई लाग्दैन । जनता र पार्टीलाई केन्द्रमा नराखेर अन्य कुनै माप दण्डवाट रसातलमा पुर¥याउने अवस्था आए छ भने पनि मैले पार्टी निर्णलाई स्वीकार्नु बाहेक अर्को बिकल्प त हुदैन ।

सवाल यहा ठम्मर बिष्ट मन्त्री बन्ने कि नबन्ने भन्ने होइन सवाल उचित ठाउमा उचित समयमा उचित ब्यक्तिलाई जिम्मा दिइन्छ की दिइदैन भन्ने कुराले नैं अबको माओवादी पार्टीको भबिष्य जोडीन्छ, अन्यथा अरु थप एक दुइ थान मन्त्री भैहाल्लान तर पार्टीको ग्राफ कहा पुग्छ हेर्नु होला नि ।

त्यसैले म सधैं कसैको दया माया भन्दा पनि आफ्नै संघर्षको बल बुताले यहां सम्म आइ पुुगेको हो । फेरी मन्त्री हुनु नैं सबै थोक पनि होइन । यसो हुदा हुदै पनि मलाई पार्टी नेतृत्व प्रति बिस्वास छ कि बैज्ञानिक पार्टीले बैज्ञानिक निर्णय अन्तत गर्ने नैं छ । यसमा अहीले नैं शीघ्र रुपमा नकारात्मक टिप्पणी गर्नु हतार हुन्छ ।

४) थप अरु केही भन्नु छ कि र ?

– म अहीले अस्पतालको बेडमा छु । निको भएर तुरुन्तै जनतामाझ फर्कीने छु । यो कष्टकर अवस्थामा मलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजीक संजाल, फोन लगाएतका माध्यामवाट मेरो स्वास्थ को बिषयमा प्राथना, कामना र चिन्ता गर्ने सबैमाधन्यवाद सहीत मेरो हात जोडी प्रणाम छ । धन्यवाद