Gold
Bangad salyan

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमान्डौ – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा गएका छन्। शर्मा भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका छन्।

प्रधानसेनापति शर्मा मंगलबार बिहान ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली गएका हुन्। यो उनको पहिलो भारत भ्रमण रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए। औपचारिक कार्यक्रम पूरा गरी प्रधानसेनापति शर्मा कार्तिक २६ गते शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रधान सेनापति महारथी शर्माको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

तस्विर :नेपाली सेना