खेलको चार मिनेटमै रोनाल्डोको गोल मोरक्कोलाई ,,

असार ६ – वोर्ल्डकप २०१८ फिफा रसियामा जारि खेल बीच अहिले पोर्चुगल र मोरक्को बीच भईरहेको छ । ,खेलको सुरुवाती समयकै चार मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडिङ् मार्फत गोल हानेका छन्।

रुस विश्वकपको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा युरोकप च्याम्पियन पोर्चुगलले सानदार सुरुवात गरेको हो । अफ्रिकी टोली मोरक्कोलाई खेलको सुरुमै पोर्चुगलले स्तब्ध पारेको हो । मोरक्कोले पनि गोलको प्रयास नगरेको त होइन तर असम्भब भयको छ। तेसैमा आजको खेल निकै आक्रामक देखियको छ।

, अर्को प्रसङ्ग मोरक्कोले रुससहित पाँचवटा विश्वकप फुटबलमा गरी १४ खेल खेल्दा केवल दुई खेलमा जित हात पारेको छ। दुईमध्ये पहिलो जित पोर्चुगलविरुद्ध दर्ता छ। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पोर्चुगलविरुद्ध आफ्नो टोलीले जित हात पार्दा मोरक्कोको वर्तमान टोलीका अधिकांश खेलाडी दुई वा तीन वर्षका मात्रै थिए। त्यसताका मोरक्कोले पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो।

पोर्चुगललाई मोरक्कोले पराजित गर्दा एक वर्षका रोनाल्डो अहिले विश्वप्रद्धि फुटबलमध्ये एक नम्बरमा पर्छन् । खेलको आधा समय बाँकिनै छ। आजको खेल हेर्दा रोनाल्डोले ३२ वर्ष पहिलेको पोर्चुगल र मोरक्कोको ईतिहास उल्टिनेजस्तो देखिन्छ।