surkhet

द्वन्द्वकालिन घटना छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध छौं: प्रचण्ड

surkhet

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शशस्त्र द्वन्द्वका बेला भएका कमीकमजोरीबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन्।

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन्। शान्ति प्रक्रियाका काममा रुपमा रहेको द्वान्दकालिन घटनाको सत्य तथ्य छानबिन गरि मेलमिलापको वातवरण तयार गर्न सत्यनिरुपन तथा मेलमिलाप आयोग तथा वेपत्ता छानबिन आयोग गठन भई कार्यरत छन्।

संविधानिक रुपमा स्थापित गरिएका रास्ट्रीय मानवअधिकार आयोग ,महिला दालित ,आदिवासी जनाजाति आयोग जस्ता आयोगहरुले पनि आफ्नो ठाँउमा मानवअधिकार र शान्तिकालागि आफ्नो भुमिका निर्वाह गरिरहेकै छन्।

Dailekh
Gorkha

यो विषय सरकारको मात्र नभई राज्यको मामला भएको उल्लेख गरेका प्रचण्डले यसबारे आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध रहेको पनि उल्लेख गरेका हुन् ।

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारीत छानविनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै छ प्रचाण्डले भनेका विज्ञप्तिमा भनेका छन्।#filephoto

salyan