न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्छ : देव गुरुङ

काठमान्डौ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्ने बताएका छन।

सोमबार नेपाल बार एशोसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले न्यायालयको शुद्धीकरणको सम्बन्धमा सत्तारुढ पाँच दलीय गठबन्धनको ध्यानाकर्षण भएको बताए ।

उनले न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पारे।

पाँच दलले अस्ति ३० गतेको दिन सरकारमा रहेका पाँच दलका बीचमा एउटा समझदारी बनेको छ, सहमति बनेको छ । र न्यायपालिकामा उठेका मुद्दाहरूको सन्दर्भमा, कानून व्यवसायी साथीहरुले उठाउनुभएका मुद्दाहरूको सन्दर्भमा, न्यायालयको शुद्धीकरणको सन्दर्भमा गम्भीर रुपमा ध्यानाकर्षण भएको छ उनले भने ।

न्या यालयमा रहेका समस्या छिटोभन्दा छिटो निकास दिइनु पर्ने पनि उनले बताए। न्यायालय विवादले सबै दल चिन्तित छन्। माओवादी केन्द्र पनि छिटो समस्या समाधान होस् भन्ने कुरामा प्रतिबद्ध छ। अदालतमा देखिएको विवाद समस्या सामधानको लागि माओवादी पार्टीले सबैलाई आग्राह गरिसकेको पनी प्रमुख सचेतक गुरुङले बताए।