पौडेल समूहले जितेपछि देउवा पक्षको ठाउँ ठाउँमा आक्रमण
तिलोत्तमा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मत गणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवारमाथी आक्रमण भएको छ ।
महाधिवेशन प्रतिनिधि दीर्घबहादुर केसीमाथि आक्रमण भएको हो ।रामचन्द्र पौडेल समूहबाट उम्मेद्वार बनेका केसीमाथी पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो ।
मतगणना जारी रहेको अवस्थामा केसीमाथि आक्रमण भएपछि अहिले मतगणना स्थगित भएको छ ।पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएपछि देउवा समूहले आक्रमण गरेको थियोे ।
केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।