बुद्ध एयरको जहाज नेपालगञ्जमा स्यालसंग ठोक्कियो

नेपालगन्ज – बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको । बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् ।

जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । नेपालगञ्ज विमानस्थलमा केही हप्ता अगाडि एक जहाज बदेलसंग ठोकीएको थियो।फाईल तस्वीर