अफ्रिकी मुलुकका नागरिकलाई नेपालमा रोक
मङ्सिर १२ ,काठमान्डौ – सरकारले अफ्रिकी मुलुकका नागरिकहरुलाई अर्को सूचना नआए सम्म आगमन प्रवेशज्ञा (अनअराइभल भिसा) दिन रोक लगाएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्यागम विभागलाई अफ्रिकी मुलुकका यात्रीहरुलाई अनअराइभल भीसा नदिन निर्देशन दिएको बताएका छन् ।अफ्रिकी मुलुकका यात्रीहरुलाई अनअराइभल भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएका छौ उनले भने ।
मन्त्रालयले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि अनअराइभल भीसा नदिन निर्देशन दिएको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेसँगै नेपालले सजगता अपनाएको हो ।

