युट्युब च्यानलमा अश्लील शिर्षक राख्ने कालिकोटबाट पक्राउ
काठमाण्डाै – युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गर्ने कालिकोटका एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा कालिकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवा रहेको साईबर ब्युरोले जनाएको छ।
‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
गएकाे शुक्रवार पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
पछिल्लो समय युट्युब च्यानलमा विभिन्न खाले अश्लील भिडियो हाल्नेहरु बढेका छन ।प्रहरीले ती तर्फ निगरानी बढाउन सुरु गरेको छ ।

