राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकियो नाराबाजी सुरु
मंसिर २७, काठमान्डौ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ ।
मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।मतादनका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको पाईएको हो ।
नेतृत्व चयनका लागि लाईनमा लागेका प्रतिनिधिहरुले अहिले हो-हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।
भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिँउसो ३ बजेसम्म ८सयभन्दा बढी मत खसेको आयोगले जनाएको छ।

