मतदानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाउने युवक पक्राउ
मङ्सिर २७ काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण उनलाई पक्राउ गरिएको उनलाई केहि घण्टामा छोडीएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान चलिरहेको छ।

