भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना
पुष ३ काठमाडौं -,भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ५ जना अघाईते भएका छन्। बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईतेहरुको भारतमा औपचार भईरहेको छ भने मृतक बालकको शवपनि भारतमा रहेको प्रहरीले जनाएको छ।