Gold
Bangad salyan

उत्तर कोरियामा ११ दिन सम्म हाँस्न नपाईने रक्सी पनि खान नपाईने

एजेन्सी – उत्तर कोरियामा ११ दिनसम्म हाँस्न नपाईने भएको छ भने अन्य कुनै प्रकारका खुसियाली मनाउन प्रतिबन्ध गरिएको छ ।
उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ ।

यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको छ भने आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

पूर्व नेता किम जाेङ्ग इलकाे १० औँ पुण्यतिथि परेकाेले ११ दिनसम्म शाेक मनाउन लागिएकाे हाे । सामान्यतया प्रत्येक वर्ष १० दिने शाेक अवधि मनाइन्छ ।

१७ वर्ष उत्तर कोरियामा शासन गरेका किम जोङ्ग इलको सन् २०११ को डिसेम्बर १७ मा निधन भएको थियो । उत्तर कोरियामा हिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन ।