बिद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशको अध्यक्षमा ओली

पुस ८ ,सुर्खेत – नेपाल बिद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं. ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बडाखोलीका लेखापाल श्री भीमप्रकाश ओली निर्बोरोध निर्वाचित भएका छन् ।

हिजो ७ गते बिरेन्द्रनगर सुर्खेतम सम्पन्न दोस्रो प्रदेश अधिवेशन कर्मचारी परिषदका कर्णाली प्रदेश अध्यक्ष श्री शान्तिनाथ योगिको अध्यक्षता तथा परिषदका केन्द्रीय उपाध्यक्ष एबं नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य राम प्रकाश कुमाईकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कर्मचारी परिषदका केन्द्रिय सदस्य दोर्ण जङ्ग बुढाथोकी,खड्ग बहादुर बि.क., नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश अध्यक्ष देबेन्द्रराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सद्स्य चन्द्रा आचार्य ,बालबिकास शिक्षक केन्द्रीय सदस्य बिमला कुमारी सिंहले शुभकामना मन्तब्य दिदै पेशागत हकहितको लागि एक भएर लाग्नुपर्ने धारणा राखेका थिए।

नेपाल बिद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशको दोश्रो अधिवेशनबाट अध्यक्षमा भीम प्रकाश ओली, उपाध्यक्षमा गणेश प्रसाद भट्टराई ,महिला उपाध्यक्ष कल्पना शाह,सचिवमा डिकेन्द्र कुमार नेपाली, सचिव अर्थमा लाेकेन्द्र बहादुर शाही सहित २१ सदस्यीय कार्य समिती गठन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष्य ओलीले पदभार सम्हाल्दै आफुलाई कर्मचारी परिषदको प्रदेश अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै यसलाई आफुलाई अवसर र चुनौती दुबैको रुपमा लिएको र बिद्यालय कर्मचारीको पेशागत हकहितको लडाइँसंगै पेसागत क्षमता अभिबृद्धिको लागि शशक्त भुमिका खेल्ने प्रतिबद्धता गरेका छन्।