मलाई त रिटायर्ड हुन मन छ तर साथिहरुले बस्नुपर्छ भन्छन : प्रचण्ड

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको र रिटायर्ड जीवन बिताउन चाहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताए ।

पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर विरोध गरिरहेका छन। मानौं मैले व्यक्तिगत रुपले बसेको जस्तो ।

यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गरे । ‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ।

तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ उनले भने ।

यहीँ ११ गते देखि १३ गते सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमान्डौको राष्ट्रिय सभा गृहमा हुँदै छ । अध्यक्ष प्रचण्ड पार्टीको निर्विकल्प अध्यक्ष हुन। विगत ३० वर्षबाट प्रचण्डले अध्यक्ष पद समाल्दै आएका छन।