Gold
Bangad salyan

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार प्रवेश

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह भोलि सिंहदरबार जाने भएका छन् । पृथ्वी जयन्तीको अवसरमा राजा ज्ञानेन्द्र शाह भोलि सिंहदरबार जान लागेका हुन्।

तिन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मङ्गलवार पूर्व राजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जान लागेका हुन्।

पूर्वराजाका संवाद सचिव फणि पाठक अनुसार पूर्व राजा शाहले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्नेछन् । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको छ। भोलि मङ्गलवार पृथ्वीनारायण शाहको ३ सयौ जन्म जयन्ती मनाइँदै छ ।