Gold
Bangad salyan

लिपुलेकमा सडक निर्माणकार्य आपत्तिजनक: महामन्त्रीद्वय गगन – विश्वप्रकाश

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वयले भारतले लिपुलेकमा सडक विस्तार गरेकोप्रति आपत्ति जनाएका छन्।

शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरूमा विज्ञप्ति जारी गर्दै लिपुलेकमा सडक निर्माण गरिएको विषय गम्भीर, आपत्तिजनक रहेकाले अविलम्ब रोकिनुपर्ने बताएका हुन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने र कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भनिएको छ ।

नेपाल-भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर ३० तारिखमा उत्तराखण्डको हल्दवानीमा चुनावी सभालाई सम्बोधन गर्दै लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए। उक्त भनाईप्रति सरकारले कुनै चासो नदिएको भन्दै चौतर्फी सरकारको आलोचना भईरहेको छ।