प्रदेश २ को नाम मधेस पारित , राजधानी जनकपुर

जनकपुर – प्रदेश २ को नाम मधेस पारित भएको छ । प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस पारित भएको दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ ।

प्रदेश सभाको बैठकमा सहभागी ९९ सय मतमध्ये ८० जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए।प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको हो । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वत: निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका हुन् ।