Gold
Bangad salyan

जाजरकोटमा भ्रस्टाचार गर्ने एमालेका वडा अध्यक्षलाई अखिल क्रान्तिकारीले दल्यो कालोमोसो

माघ ६ ,काठमान्डौ – जाजरकोट छेडागाड नगरपालिकाका वडा अध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमासो दलेको छ ।नगरपालिकाको वडा नं ६ का नेकपा एमालेका वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ।

सिंगो विद्यार्थी र जनताको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै गलतका विरुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी गराएका छन।

यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको खुलाएको छ।

यस्तै अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेट बाट १७ लाख घुस खाएको राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँया हिनामिना गरेको कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको आरोपमा केसीलाई कालोमोसो दलेको सिंहले रंग दर्पणलाई बताए।

बाहुन गाउँ देखि अफ्गान खानेपानी योजना बाट २५ लाख रुपैयाँ हिनामिना गरेको स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहान बाट जेवा खानेपानी योजना बाट ७ लाख रुपैयाँ हिनामिना गरेको सरकारले विकास योजनाका लागि दिएको प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवनमा निजी पैसा जस्तै गरि हैकम जमाएको र भ्रष्टाचारको आरोप लगाएको छ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी मधुकुमार थापाले घटनाको विषयमा प्रहरी समक्ष कुनै जानकारी नआएको बता। उनले भने ‘पीडित पक्ष बाट कुनै खालको जानकारी आएको छैन्। यदि आयो भने हामी प्रक्रिया अघि बढाई कालोमोेसो दल्नेहरुको खोजी गछौं, र ग्फ्हतानाको छानबिन गर्छु उनले भने।