Gold
Bangad salyan

स्वास्थ्य लाभ गरेर मन्त्री पुन स्वदेश फर्किदै

काठमाडौं – लामो समयको उपचारपछि माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कने भएका छन् । पुन माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर स्वदेश फर्कन लागेका हुन् ।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुनलाई गत असोज १३ गते थप उपचारका लागि बैंकक लगिएको थियो । बैंककस्थित समितिभेज अस्पतालमा डेढ महिनासम्म उपचार गराउँदा स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि मंसिर १० गते चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको थियो ।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उनलाई थप उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई मंसिर दोस्रो साता चीन लगिएको थियो । उपचारपछि नेता पुन अहिले निको भएका छन्।