भरतपुर महानगरपालिकाको लापरबाहीले भाले गैंडा मर्यो
चितवन -भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर भाले गैंडा मरेको छ। महानगरपालिकाले खाल्डो खन्दा लापरबाही गरेपछि अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो।
नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा भासिएपछि निस्कन नसकेपछि मरेको हो। गोन्द्राङदेखि पुल्चोकधसमम ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको हो।
नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा खसेर गैंडा खसेको हो। अर्को गैडासँग जुध्दा भागेको हुनसक्ने आशंका गरिएको छ। वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको थियो।
‘तारजाली भत्काएर बाहिर आएको हुनाले जुधेर भागेको हुनसक्ने आशंका गरिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए। खाडल पुरेको भए गैंडा भागेपानी खाडलमा अपर्थेनकि भन्ने सबैको भनाई हो।
विकास निमार्णको काम संरक्षणमैत्री नभएको देखिएको हुँदा यसमा सचेत गराउँछौं। बाँकी हामी अनुसन्धान गर्छौं उनले भने। ‘ उक्त क्षेत्र गैंडालाई सामुदायिक वनमा पोष्टमार्टम गरिएको छ। गैंडाको खाग र खुर निकालेर खाल्डोमा गाडिएको उनले बताए।

