Gold
Bangad salyan

प्राङ्क’को नाममा गोप्य भिडियो निर्माण गर्नेलाई कडा कारबाही हुन्छ : गृह मन्त्रालय

काठमान्डौ – सार्वजनिकस्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी ‘प्राङ्क’को नाममा गोप्य भिडियो निर्माण गर्ने र सर्वसाधारणलाई सास्ती दिने गरेको पाइएको भन्दै गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ।

यस्ता क्रियाकलाप गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने भन्दै गृहमन्त्रालयलले एक विज्ञप्ति सार्वाजनिक गरेको हो। सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको भिडिओ तयार गर्ने र सामाजिक सञ्जालहरूमा राख्ने गरेको भन्ने गुनासो प्राप्त भएको छ,।

त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेललको’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिकस्थलमा गरिएका भद्दा प्रकृतिका ख्याल-ठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव देखिन सक्ने, वादविवाद बढ्न सक्ने, द्वन्द्व सिर्जना हुने र सामाजिक सद्भाव बिग्रन सक्ने गृहले जनाएको छ।

व्यक्तिको अनुमति नलिई र सहमतिबिना त्यस्तो भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरिए जोसुकैलाई कानुन बमोजिम कारबाही गर्ने गृह मन्त्रालयले जनाको छ।