स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि जुट्न प्रचण्डको आवहान

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गरेका छन।

आज तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन।
समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न खबरदारी आवश्यक रहेको उनको भनाई छ।

‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ अध्यक्ष प्रचण्डले भने ।

परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिल्ने पनि उनको भनाई छ ।