एक सातापछि स्मार्ट लकडाउन हट्ने
माघ २१ काठमान्डौ – सरकारले फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने जनाएको छ । निजी सवारीसाधनमा अहिले जोर -विजोर प्रणाली लागु चलिरहेको छ।
सरकारले कोरोना संक्रमन दैनिक जस्तो बढेपछि विभिन्न सभा, गोष्ठीमा २५ जनाभन्दा बढि भेला हुन बन्देज लगाएको छ ।
सिसिएमसीका सदस्यसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठले आगामी फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने तयारी भएको जनाए ।तर कोरोनाको तिब्रता अझै नहटेकोले स्वास्थ्य मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने सरकारले बताएको छ।