Gold
Bangad salyan

आज थप २५२६ कोरोना संक्रमित थपिए १६ जनाको मृत्यु

काठमान्डौ – नेपालमा गत २४ घन्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६६५५ पिसिआर परीक्षणबाट १६०२ र ४४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै २४ घन्टामा ८४२५ जना कोरोना संक्रमित निको भएका छन् भने यहि अवधिमा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ५६ हजार ४५७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो।