Gold
Bangad salyan

युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ

काठमान्डौ – युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले उनलाई ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट उनले चेतन भ्लग चलाएर चर्चामा आउने गरेका थिए ।

बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो।

पक्राउ परेका उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।