प्युठानमा बेहुला बेहुली बोकेको जिप दुर्घटना ८ जनाको मृत्यु
माघ २२, प्युठान – प्यूठानको ओखरपाटामा भएको जिप दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ।जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्य भएको हो
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुनबाकी रहेको प्रहरीको भनाइ छ ।

