Gold
Bangad salyan

कृष्णनगर नगरपालिकाका मेयर काङ्ग्रेसमा प्रवेश

माघ २२, दाङ – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मेयर साह  शनिबार एक कार्यक्रमबीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए।मेयर साह र तीन वडाध्यक्षसहित झन्डै एक हजार जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको नेपाली कांग्रेश शिवराज नगर सभापति मधु पोखरेलले बताए ।