धेरै जस्तो घटना फेसबुकमा चीनजान गरि ब,लात्कार
जेठ् १४
मोरङ – आज भोलि धेरै जस्तो घटना फेसबुकमार्फत हुने गरेको प्रहरी अध्यनले जनाएको छ। घटनामा ब,लात्कार देखि ह,त्या हुने घटनाहरु फेसबुकमार्फत नै हुने गरेका छन।
यस्तै बेला फेसबुकमार्फत चिनजान गरी ३० वर्षीया विवाहित महिलालाई डरत्रास देखाएर बलात्कार गरेको अभियोगमा मोरङ जिल्ला अदालतमा एक युवकविरुद्ध मुद्दा दायर गरिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ हाटखोला घर भई हाल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ५ गौशाला टोल बस्ने ३० वर्षीय प्रज्वल खड्का (भन्ने बादल कार्की) विरुद्ध अदालतमा अभियोग-पत्र दायर भएको हो।
सरकारी वकिल कार्यालय मोरङले दायर गरेको मुद्दामा प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम कैद, जरिवाना र क्षतिपूर्तिको मागदाबी गरिएको छ।
फेसबुकबाट सुरू भएको सम्बन्ध
जाहेरी व्यहोरा अनुसार, पीडित महिलासँग प्रज्वल खड्काको करिब दुई वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो। सामाजिक सञ्जालमा साथी बनेपछि उनीहरूबीच सामान्य कुराकानी र भेटघाट हुँदै आएको थियो।
गत २०८३ वैशाख ८ गते प्रतिवादी खड्काले पीडित महिलालाई इटहरीको पकलीस्थित जब्दी मेला घुम्न जान प्रस्ताव गरे। पीडित महिला स्कुटरमा र प्रतिवादी मोटरसाइकलमा उक्त मेलामा पुगे।
त्यहाँबाट घर फर्कने क्रममा प्रतिवादीले नास्ता खानका लागि सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ मा रहेको ‘गोकुलम रिसोर्ट’ नजिकैको ‘होटल सगरमाथा’मा लगेका थिए।
अपराह्न करिब ३ बजे होटलको कोठा नं. २०४ मा पुर्याएपछि प्रतिवादीले कोठाको ढोका बन्द गरी पीडित महिला र उनका श्रीमानको समेत ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
घटना पश्चात् डर र त्रासका कारण तत्काल कसैलाई भन्न नसकेकी पीडितले पछि श्रीमान्लाई घटनाबारे जानकारी गराउँदै प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।
होटल म्यानेजरको बयान
घटनास्थल मुचुल्का अनुसार उक्त घटना सुन्दरहरैँचा-४ स्थित सुमित्रा न्यौपानेको तीन तले घरमा सन्तोष न्यौपानेले भाडामा सञ्चालन गरेको ‘होटल सगरमाथा’को दोस्रो तलाको कोठा नं. २०४ मा भएको पुष्टि भएको छ।
होटलका रेखदेखकर्ता गगन भुजेलले कागज व्यहोरामा उल्लेख गरे अनुसार, २०८३ वैशाख ८ गते अपराह्न ३ बजे खड्का र पीडित महिला होटलमा आई कोठा माग गरेका थिए।
उनीहरूलाई कोठा नं. २०४ उपलब्ध गराई एक बोतल पानी दिइएको र उनीहरू करिब एक घण्टा बसेर फर्किएको उनले बताएका छन्।
पछि वैशाख १८ गते प्रहरी टोलीसहित पीडित महिला होटलमा आएपछि मात्र आफूले उक्त घटनाबारे थाहा पाएको भुजेलको बयान छ।

