रेखा थापाका पूर्वपति छविराजले दिए रेखालाई विवाहको सुभकामना

काठमाडौं – अभिनेत्री रेखा थापाका पूर्वपति छविराज ओझाले रेखाले दोश्रो विवाह गरेपछि आफू खुसि भएको बताएका छन्। रेखाको विवाहको खबर सुनेलगत्तै आफूलाई खुसी लागेको उनले बताए ।

उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।मैले भर्खर समाचार हेरेर उनको विवाह भएको थाहा पाए छविले भने । छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् ।

मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।नायिका थापाले काठमाडौं जिल्ला अदालतमा कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको छ ।