Gold
Bangad salyan

अष्ट्रेलियामा रहेकी नेपाली युवतीलाई नेपालबाट सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने पक्राउ

फागुन ५ ,काठमाडौं, विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फेक प्रोफाइल बनाई अश्लित तस्वीर र भिडियो पोष्ट गरी अश्लिल स्टाटस लेखी पीडितका आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न राजनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।