Gold
Bangad salyan

एमसीसी टेबल गर्ने शीर्ष नेताको सहमतिमा झलनाथ खनालले जनाए आपत्ति

काठमान्डौ -नेकपा एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन्। खनालले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

उनले यस्ता खालका सहमतिहरु संसदमा लानुपर्ने आवश्यक नरहेको पनि बताए।यस्तै संसद चलेको अवस्थानै छैन भने कँहा बसेर टेबल गर्ने। हामी त्यसमा सहमत छैनौं। यस्तो बेला टेबल गर्छु भन्नुनै राष्ट्र र जनतामाथिको घात भएको खनालले बताए। आज बसेको गठबन्धनले आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने निर्णय गरेको छ। आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ।