surkhet

कलाकार लामाको पार्थिव शरीरलाईलाई राष्ट्रिय नाच घर जमलमा राखिने

surkhet

फागुन ११, काठमान्डौ – कलाकार जयनन्द लामाको पार्थिव शरीरलाईलाई राष्ट्रिय नाच घर जमलमा राखिने भएको छ। भोलि १२ गते बिहान १० बजे देखि १२ बजे सम्म लामाको पार्थिव शरिर राष्ट्रीय नाचघर जमल राखिने र त्यस्पछी अन्त्यस्टी गरिने कलाकार दिपा श्री निरौलाले जान्कारी गरिन ।

कलाकार जयनन्द लामाको बिहान मृत्युु भएको खबरले सिङ्गो कलाकार क्षेत्र स्तब्ध छ । बिरामीनै नभएका कलाकार लामा अचनाक कसरी मृत्यु भयो भन्नेबारे सबै अचम्मित छन। लामाको बिहान भक्तपुरमा घरमै ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए ।

Gorkha

गएराति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा बा ३ च ७७४१ नम्बरको कारमा फर्कीएका थिए ।तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।
प्रहरीले लामाको मृत्युु बारे अनुसंधान गरिरहेको छ।

Dailekh

उनको टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण खुलेको छैन ।सिन्धुपाल्चोकको बाह्रबिसेका लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय छन।उहाँले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनय गरिसकेका छन। कल्कते काईलो , चुई चुई चुकिने जुत्ता लगायतका उनले गायका गित चर्चामा छन। त्यस्तै चलचित्र पन्जा छक्का लगायत थुप्रै चलचित्रमा लामालाई देख्न सकिन्छ ।

 

 

salyan