Gold
Bangad salyan

आज बस्ने संसद बैठकमा एमसीसीबारे छलफलको तयारी

काठमान्डौ – आज बस्ने प्रतिनिधिसभाको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को बिषयमा छलफल हुने भएको छ। एमसीसी सम्झौता फागुन ८ गते अनुमोदनका लागि संसदमा टेबल भएको थियो। एमसीसी सम्झौता फिर्ता गर्न भन्दै नेपालभरिनै विरोध भईरहेको छ भने छ दल र दुई मोर्चाले संसद भवन अगाडी नयाँ वानेश्वरमा आन्दोलन गर्दै आईरहेको छ।

एमसीसी सम्झौतामा कुरा नमिलेपछि १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक अनिश्चित बनेको छ। आजको बैठकममा मुख्यत एमसीसीबारे छलफल भनिएपनि बैठक स्थगित हुनसक्ने अनुमान नेताहरुले गरेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले जसरिपनि एमसीसी पास गर्नुपर्ने बताउँदै आइरहेका छन् भने अन्य दलले एमसीसी राष्ट्रघात भएको भन्दै फिर्ता गर्ने जनाएका छन्। अमेरिकाले नेपाललाई एमसीसीबारे निर्णय लिने समय दिएको अन्तिम दिन भोलि १६ गते सकिदै छ।