नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा पुगे
काठमान्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन् । प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको ह। एमसीसी राष्ट्रघाती भएको र आफ्नै पार्टीले सहमति गरेपछि नारायणकाजीले सामाजिक संजालमार्फत कडा आलोचना गरेका थिए ।
एमसीसीकै कारण माओवादी फुटको सङ्गगारमा अपुगने समेत देखिएको छ। यस्तै बेला प्रचण्डले भने एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने बताएका थिए । उनले सस्तो लोकप्रियता पछाडि नलाग्न समेत बताएका थिए। नारायणकाजीले पार्टी छोड्ने स्तिथितिमा पुगेको जानकारी पछि फकाउन प्रचण्ड पुगेका हुन।
व्याख्यात्मक घोषणालाई षडयन्त्र भन्दै एमसीसी अनुमोदन भएको दिनलाई कालो दिन भनेर आलोचना गरेका नारायणकाजीले प्रचण्डको जवाफपछि विषम परिस्थिति आयो भन्दै एमसीसी विरोधी कित्तामा रहेका नेताहरुसँग अनौपचारिक छलफल थालेका थिए ।यसको जानकारी पाएपछि प्रचण्ड नारायणकाजीको निवास पुगेका हुन् । भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीभित्रै बसेर सुल्झाउनुपर्ने र आफ्नो अभिव्यक्तिलाई गम्भीर रुपमा नलिन आग्रह समेत गरेका थिए ।

