विप्लव र भीम रावलबीच भेटवार्ता एमसीसीविरुद्द मोर्चा बनाउन जोड

फाऔन १९,काठमान्डौ -काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन् । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन् । विप्लव पार्टी प्रवक्ता क. प्रकाण्ड र नेकपा एमालेका नेता.भिम रावलबिच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसी जस्ता राष्ट्रघाती सम्झौता लगाएतका विषयमा छलफल भएको छ।

विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका छन् ।

एमाले नेता रावलले पनि ट्वीट गर्दै भनेका छन्। विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन् । ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।