पल – समिक्षा प्रकरण हरि उदासी सहित दुई जना पक्राउ
काठमाडौं – बलात्कार आराेपमा पक्राउ परेका पल शाहकाे विषयमा यूट्युव च्यानल मार्फत आफ्ना तर्कहरु राखेकै भरमा प्रहरीले धमा धम पक्राउ गर्ने गरेको छ।
अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियारलाई पक्राउ गरेको छ।
त्यस्तै तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरेकाे साइबर ब्यूरोकाे आराेप छ ।
दुवै जनालाई बुधबार पक्राउ गरि उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

